दलको ह्वीप मान्नुपर्छ : यामलाल कंडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दलको ह्वीप मान्नुपर्छ : यामलाल कंडेल

कर्णाली । कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्चबाट पुनर्बहाली भएका सांसदहरुले दलको ह्वीप मान्नुपर्ने बताएका छन् ।शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप मान्नुपर्नेमा जोड दिएका छन् । नेता कंडेलले भने ‘संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन, त्यो अभ्यास शोभनीय नुहेने तर्क गरेका छन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधवकुमार नेपाल पक्षका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाइई नेकपा एमालेले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर त्यसविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै उनीहरुको प्रदेश सांसद पद थमौती गरिदिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);