आजबाट वाम गठबन्धनले एकीकृत चुनावी अभियान सुरु गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १८ कार्तिक । पार्टी एकताको लक्ष्यसहित बृहत चुनावी गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा संयुक्त चुनावी अभियान गर्ने भएका छन्। शनिबारदेखि नै संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ।

संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबार निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत यो कुराको खुलासा गर्नुभएको हो। महासचिव पोखरेलले चुनावमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो।

काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर चुनावी अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ। नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा चुनावी अभियान सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो। वाम गठबन्धनले काठमाडौं उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन्।

वाम गठबन्धनले संयुक्त रुपमा चुनाव परिचालन समिति गठन गर्ने जनाइएको छ। निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);