वाम गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वाम गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक

काठमाडौँ, २१ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

काठमाडौंको तीनकुने स्थित रोयल व्यंक्वेटमा आज एक कार्यक्रमको आयोजना गरी वाम गठबन्धनले आफ्नो साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका छन् ।

एमाले र माओवादीकेन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका छन् । निर्वाचनपछि पार्टी एकता गरि अघि बढ्ने सहमति अनुसार आज यी दलले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

१० वर्ष भित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्याउने प्रतिवद्धता

वाम गठबन्धनले आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्याइने जनाएको छ । १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिने जनाएको छ । यसैका माध्यमबाट निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।

यस शताब्दीको अन्त्य अर्थात् वि.सं. २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अगाडि बढाइने गठबन्धनले जनाएको छ ।

सामन्ती शोषणका सबै अवशेषहरूको अन्त्य, नोकरशाही तथा दलाल पुँजीवादी शोषणको अन्त्य, उत्पादक शक्ति, उत्पादकत्व एवं उत्पादनमा तीव्र वृद्धि, सामाजिक न्याय एवं न्यायोचित वितरणसहितको आर्थिक समृद्धि, गरिबी, बेरोजगारी, असमानता एवं परनिर्भरताको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको विकास र समग्रमा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्ति मूल आर्थिक कार्यदिशा र मार्गचित्र हुने घोषणापत्रमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);