निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुरुङ्गा, १७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन्। झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा भने – ‘अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ।’

अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए।

उनले नेपाली कांग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);