ओलीले समृद्धिको सपना पचाउन नसकेका कारण दुई तिहाइको सरकार ढल्योः पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

ओलीले समृद्धिको सपना पचाउन नसकेका कारण दुई तिहाइको सरकार ढल्योः पोखरेल

सुर्खेत । एमाले वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरका देखापरेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यक्रता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका हुन् ।

दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर कांग्रेसकाे सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी भएको बताए । ‘देशमा अपराध पूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो,’ उनले भने  .

नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरे उनले बताए । ‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उनले भने,‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशाेधन गर्नुभयो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);