‘दुई तिहाइको आडमा मनपरीतन्त्र’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

‘दुई तिहाइको आडमा मनपरीतन्त्र’

manpari

काठमाडौं, ३१ असार । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए । ‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् ।

अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);