सरकारले मन्त्री हेरफेर बाहेक अरु केही गर्न सकेन : विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले मन्त्री हेरफेर बाहेक अरु केही गर्न सकेन : विश्वप्रकाश

bishowprakash

धरान, ५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दावी गर्नु भएको छ ।

विहीबार प्रेस युनियन धरानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रीमण्डल पुनर्गठनबाट सरकार असफल भएको स्पष्ट हुने दावी गर्नु भएको हो । दुई तिहाइको सरकारले २१ महिनामा मन्त्री हेरफेर बाहेक अरु केही गर्न नसकेको उहाँको भनाई छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाले पटक–पटक विवादमा ल्याउने काम गरेको भन्दै लोकतन्त्रमा राजतन्त्रको झल्को दिने राष्ट्रपति जनताले नपचाउने टिप्पणी गर्नु भयो । प्रबक्ता शर्माले यस पटकको उपनिर्वाचनले दुई तिहाइको कम्यूनिष्ट सरकार जनतामाझ कति लोकप्रिय छ त्यो प्रष्ट पार्ने समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);