उपनिर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटना बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपनिर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटना बढ्दै

पोखरा, ५ मंसिर । निर्वाचनपूर्व राजनीतिक दलका उम्मेद्वारहरुले जनतालाई ठुलाठुला अश्वासन दिनु अनि चुनाव जितेपछि विर्सनु कुनै नौलो कुरा होइन । तर अहिले त उम्मेद्वारहरु निर्वाचन जित्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको समेत धज्जी उडाइरहेका छन् ।

पोखरा महानगरापालिका १५ का वडाअध्यक्ष प्रकाश पौडेलले त्यहाँको पेट्नेरीको बस्तीमा सिरक बाँडेपछि नेपाली कांग्रेसले सो कार्य उपनिर्वाचन आचारसंहिताको उल्लंघन भएको भनी उजुरी गरेको थियो ।

यो समेत पोखरा निर्वाचन कार्यालयमा ३ वटा आचारसंहिता उल्लङघनको उजुरी परेका छन् । कास्की मै भोट तान्नका लागि फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन बनाइएको मापदण्ड समेत खारेज गर्न खोजिएको छ ।

मापदण्ड खारेज गर्ने सहमति सत्तारुढ नेकपाका नेता तथा पोखरा महानगरपालिकाका अधिकृतले हस्ताक्षर गरेको घटनाले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै चौतर्फी आलोचना भई रहेको छ ।

खानेपानी बाटो व्यवस्थापन लगायत जागिर दिने सम्मको आश्वासन बाँड्दै नेता तथा कार्यकर्ताहरु घरदैलो प्रचारप्रसारमा व्यस्त छन् । आचारसंहिता उल्लङघन गरेका यी घटनाले अझै पनि नेपाली राजनीतिमा पैसा र ठूलो आश्वासन बाँडेर नै चुनाव जित्न सकिन्छ भन्ने मनस्थिति हावी रहेको देखिन्छ । यसबाट जनता भने आजित भएका छन् ।

सिरक वितरणका कारण आचारसंहिता उल्लङघनको उजुरी लागेका पोखरा महानगरपालिकाका वडाध्यक्ष प्रकाश पौडेलले भने आफुले आचारसंहिता उल्लङघन नगरेको दावी गर्नु भएको छ ।

मंसिर १४ गते तोकिएको उपनिर्वचनका लागि अहिलेको यो समयमा आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको सक्रिय भुमिकाको अपेक्षा गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले यस्तो उजुरीहरु घटनाको छानविन गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);