नेपाली भूमी कब्जा गरेर भारतीयको खेती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली भूमी कब्जा गरेर भारतीयको खेती

dashagaja

काठमाडौं, ६ मंसिर । नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले  अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् ।

गौरीगन्ज गाउँपालिका साविक आमगाछी–४ मा यस्तो अवस्था रहेको छ ।

सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।

भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा उत्तम नेपालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);