द्वन्द्व पीडितका समस्या छिट्टै समाधान हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

द्वन्द्व पीडितका समस्या छिट्टै समाधान हुन्छ : प्रचण्ड

काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष दाहालले द्वन्द्व पीडितहरुको समस्या अव छिट्टै समाधान गर्ने आश्वासन पनि दिनु भयो ।

विस्तृत शान्ति सम्झाैंता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहो-याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले द्वन्द्वकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राख्नु भयो । उहाँले अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भिर ठहयाइएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने पनि बताउनु भयो ।

समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्धन्द्धकालका गम्भिर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्धन्द्धकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्धन्द्धकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।

काँग्रेस नेता सिटौलाले राज्यले द्धन्द्धकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने धारणा पनि राख्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);