पुराना पदाधिकारी दोहोरिन नदिने प्रचण्डको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पुराना पदाधिकारी दोहोरिन नदिने प्रचण्डको प्रतिवद्धता

prachanda

काठमाडौं, ६ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहोर्याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले द्धन्द्धकालका गम्भिर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राख्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्धन्द्धकालका पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षमता भएका नेतृत्व ल्याएर द्धन्द्धकालका पीडितलाई न्याय दिन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।

काँग्रेस नेता सिटौलाले राज्यले द्धन्द्धकालका पीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने धारणा पनि राख्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);