द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको ध्यानाकर्षण

krishna-sitaula

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।  नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कार्वाही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनी पनि दिनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विस्तृत शान्ति सम्झौंतालाई कार्यान्वयनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताउनु भयो । उहाँले त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानवीन आयोगको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफै सक्षम रहेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);