द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको छ: परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको छ: परराष्ट्रमन्त्री

pradip gyawali

काठमाडौं, १३ जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ ।

मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी पनि दिनु भयो । सोमबारबाट राजधानीमा सुरु भएको ‘एशीयामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौति र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा उहाँले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानवीन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तीको काम पनि अघि बढाइएको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले सरकार मानव अधिकारको उलंघन हुन नदिन सचेत रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);