राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध कायम | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध कायम

pradeep gywali-sainya gatibidhi

काठमाडौं, ३१ भदौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताउनु भएको छ ।

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराउनु भयो ।

पूर्व सांसद मंच, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको पनि बताउनु भयो ।

मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तराष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);