समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि रोक्नु पर्छ : पर्यटनमन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि रोक्नु पर्छ : पर्यटनमन्त्री भट्टराई

yogesh bhattarai

काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि रोक्नु पर्ने बताउनुभएको छ ।

मंगलवार राजधानीमा आयोजित नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औ प्राज्ञ सभामा मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न प्राज्ञहरुलाई आग्रह गर्नु भयो । उहाँले समाजमा हुने अराजकता र उछृङ्खल खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यकतामा पनि जोड दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);