नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्न खोजे कर्मचारीलाई कारवाही गर्छौ : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नागरिक उड्डयन सम्बन्धी विधेयक रोक्न खोजे कर्मचारीलाई कारवाही गर्छौ : मन्त्री भट्टराई

काठमाडौं, १५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिनु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताउनुभएको हो ।

कार्यक्रममा कर्मचारीहरुले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने उल्लेख गर्नुभयो । उहाँले आन्दोलन गरेर अवरोध गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्नेगरि विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

गत साउनमा मन्त्रीपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो ।

udyan pradhikaran anni.

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);