संक्रमित विरुवाजन्य उपज पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म जरिवाना | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

संक्रमित विरुवाजन्य उपज पैठारी गर्नेलाई १ लाख ५० हजारसम्म जरिवाना

krishi samiti-biruwa

काठमाडौं, १५ पुस । संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ । विरुवा संरक्ष्ण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्था गरिएको हो ।

मंगलवार संसदको कृषि समितिको बैठकमा बिधेयकमाथिको दफावार छलफलमा बिज्ञहरुले जरिवाना धेरै भएको भन्दै त्यसले राज्यलाई नै घाटा पुग्ने बताएका थिए ।

विधेयक पास भए संक्रमितत विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गरेमा, जानी जानी वा लापरवाहीपूर्वक स्वस्थ्य बिरुवा, बिरुवाजन्य उपज अन्य वस्तुसँग संसर्ग गराएमा एक लाख ५० हजार सम्म जरिवाना हुनेछ ।

यसअघि उक्त कसुर अन्तर्गत १० हजार देखि ५० हजारसम्म जरिवाना तोकिएको थियो ।