राष्ट्रियसभाको शुन्य समयमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रियसभाको शुन्य समयमा बोल्दै कसले के भने ?

rastriya sabha

काठमाडौं, ३१ भदौ । राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्यम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसंग भएको सम्झौता लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खिम कुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैया घोटला भएको भन्दै सो आदेशबारे चाँसो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गर्नुभयो ।

सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुख लगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गाली गलौच गर्दै हिड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);