यी विषय उठे आजको शुन्य समयमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

यी विषय उठे आजको शुन्य समयमा

काठमाडौं, २३ चैत । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्री ले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए । उनले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको समृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए ।

सांसद रंगमति शाहीले संविधान विपरीत संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाए । उनले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गरे ।

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्र्तगत पोखरादेखि बुटवलसम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गरे ।

योगेश कुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडीतलाई तत्काल आवास र दैनिक आवश्यकताका भुकम्प पीडीत सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गरे ।

सांसद मोहन बाँनियाले कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र विग्रेर खाल्डाखुल्डी परेको र बर्षासंगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकिय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गरे ।

राजेन्द्र कुमार केसीले मेलम्चीको पानी र्कीतिपुरमा नपुगेको भन्दै तत्काल र्कीतिपुरबासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले डीपीआर नै नभईकन प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको शिलान्यास गरेको उल्लेख गर्दै कुन सडकको शिलान्यास भएको हो ? भनेर प्रश्न गरे । सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रसंसनीय काम गर्न नसकेको धारणा राखे ।

सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदन बाहिर धारणा राख्नु गैह्जिम्मेवारी, अराजनीतिक र असंबैधानिक चरित्र भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न पनि आग्रह गरे । सांसद भैरव बहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपुर्ति गर्न सरकारसंग माग गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);