आगलागी बढ्यो, जनतालाई टिनको छाना देउ : सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आगलागी बढ्यो, जनतालाई टिनको छाना देउ : सुवेदी

काठमाडौं, २३ चैत । प्रतिनिधि सभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै नेकपा एमालेकी सांसद पर्णा कुमारी सुवेदीले आगलागी नियन्त्रणको दिर्घकालीन समाधान खोजिनुपर्ने बताएकी छिन् ।

बाँके लगायत देशका बिभिन्न क्षेत्रमा आगलागी हुने गरेको र त्यसको दिर्घकालीन उपाय सरकारले अपनाउन पर्ने सांसद सुवेदीले बताइन् । तराईका गरिब तथा पछाडि परेको समुदायको घरमा खरको छाना हुनुले आगलागी बढिरहेको उनीले भनिन् ।

हामीले त्यसको दिर्घकालीन उपाय खोज्न सके अग्नि पीडितहरुलाई निकै राहत हुन्थ्यो । त्यसको लागि खरका छाना बिस्थापन गरेर टिनको छाना निर्माणको लागि केन्द्रबाट नै पहल गरिनु पर्छ’ उनीले भनिन् ।

देशभर आगलागीका घटना बढेपछि त्यसको प्रभाव बायु प्रदूषणमा समेत परेको बताउँदै सांसद सुवेदीले भनिन् ‘आगलागीले झन बायु प्रदूषण बढिरहेको छ । त्यसको असर स्वास्थ्यमा परिरहेको छ ।

पछिल्लो समय देशभर आगलागीका घटना बढिरहेको र त्यसले ठूलो क्षति भइरहेको उनीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);