दाङका स्थानियतहरु खरका छाना मुक्त बनाउने अभियानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दाङका स्थानियतहरु खरका छाना मुक्त बनाउने अभियानमा

दाङ । दाङका स्थानियतहरुले खरको छानो मुक्त बनाउन लागेका छन् । यस अघि तुलसीपुर र घोराहीले अभियान शुरु गर्दै आइरहेका छन्, यस आर्थिक बर्षदेखि बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाले पनि खरको छानो मुक्त गाउँपालिका बनाउने अभियान शुरु गरेका छन् ।

दंगशीरण गाउँपालिकाले हाल सम्म विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौदेखि खरले छाएका घरमा बस्दै आएका ति घरधुरीहरुलाई यस आर्थिक बर्षमा जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा यस बर्ष २ सय ५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिइएको थियो, भने २ सय ९ घर परिवारलाई ५० हजारका दरले प्रतिपरिवारलाई रकम उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष भागिराम चौधरीरीले जानकारी दिए। गाउँपालिकाले एकल, अपांगता, दलितहरुलाई प्राथमिक्तामा राखेर जस्तापाता वितरण गरेको उहाँले जानकारी दिए ।

संघीय सरकारको सहयोगमा स्थानीयतहले खरका छाना हटाएर जस्तापाताले घर छाउँने कार्यक्रम ल्याएको हो । विषेशगरी विकट वडाका रुपमा लिईदै आएको दंगीशरण गाउँपालिका वडा न. १ र २ का विपन्न नागरीकहरुलाई मध्यनजर गर्दै जस्तापाता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आगलागी र अन्य विपतका घटना बढ्न थालेपछि फुसको छानो हटाउँने अभियान अन्र्तगत संघीय सरकारको सहयोगमा स्थानीय सरकारले खरको छानो हटाइ वडा कार्यालय मार्फत घरपरिवार छनौट गरी जस्तापाता वितरण गर्ने योजना अघि सारेको अध्यक्ष चौधरीले जानकारी दिए।

जस्तापाता वितरणले आगलागी, पानी चुहिने जस्ता समस्याबाट छुट्कारा पाइएको भन्दै नागरीक खुसी भएका छन् । त्यस्तै बबई गाउँपालिकाले पनि यस बर्ष ५७२ घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा करिब १३ सय खरको छाना भएका घरहरु रहेको गाउँपालिकाले जनाएको छ ।

हाल सम्म २३५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिए। उनका अनुसार २४१ घरपरिवारलाई जस्तापाताको लागि ५० हजारको दरले अनुदान दिने र बाढिपीडित ९६ घरपरिवारलाई समेत जस्तापाता दिइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);