बाग्लुङमा घरबारविहीन र बाढीपीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाग्लुङमा घरबारविहीन र बाढीपीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत वितरण

बाग्लुङ, २० असोज । बाग्लुङको ढोरपाटनमा बाढी, पहिराले आफन्त गुमाएका र घरबारविहीन भएका पीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङले ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ का पीडित परिवारलाई नगद, खाद्यान्न, जस्तापाता सहित राहत सामग्री वितरण गरेको हो ।

पहिरोमा परेर बेपत्ता तथा मृत्यु भएका ३६ जनाका आफन्तलाई प्रति परिवार ७ हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ । बाढी, पहिरोमा परेर घरबिहीन भएका ७९ घर परिवारलाई घर बनाउन प्रति परिवार दुइ दुई बण्डल जस्ता पाता, ३० किलो चामल, चिउरा, चाउचाउ, विस्कुट, नून, आटा, तेल, चिनी लगायतका खाद्य सामग्री वितरण गरिएको हो । त्यसैगरी, पहिरोले बगाएर क्षति पुगेका विद्यालय, स्वास्थ्य संस्था जलविद्युत आयोजनालाई पनि जस्तापाता वितरण गरिएको छ ।

विपत्तिमा परेका नागरिकको गास, वास र कपासको सुनिस्चितता सहित दिर्घकालिन वस्ती व्यवस्थापनकोलागी तिनै तहका सरकारको दायित्व भएकोले सहयोग गर्न माग गरिएको छ । यस अघि नेकपाले करिव २० लाख नगद ढोरपाटन नगरपालिकाको राहात कोषमा जम्म गरेको थियो । विस्थापितहरूलाई तत्काल अन्यत्र स्थानमा घर बनाएर पुनःस्थापना गर्न सम्भव नरहेपनि आधारभूत आवश्यतामा ध्यान दिन पिडितहरुले सरकार संग माग गरेका छन् ।

विस्थापितहरूलाई तत्काल अन्यत्र स्थानमा घर बनाएर पुनःस्थापना गर्न सम्भव नरहेको ् ढोरपाटन नगरपालिकाले जनाएको छ । बाडि पहिरोमा १ सय २६ घरपरिवार विस्थापित भएको तथ्यांक छ । अहिलेसम्म नगरपालिकाले खडा गरेको राहात कोषमा विभिन्न संघ सस्था देश विदेशमा रहेका नेपालीहरु वाट १ करोड ८१ लाख नगद राहत संकलन भएको छ । सं

घीय र प्रदेश सरकारबाट आउने रकममा सो रकम थपेर घर बनाउने नगरपालिकाले जनाएको छ । गत भदौ १७ गते मध्यराती अविरल वर्षासँगै आएको बाढी, पहिरोले ढोरपाटनको बोबाङमा २२ जनाको मृत्यु भएको थियो। १५ जना अझै वेपत्ता छन् । बाढीले एक सय २६ घरमा क्षति पु¥याएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);