बाग्लुङका वाडीपिडितको लागी सहकारीद्धारा साढे पाच लाख भन्दा वढी नगद सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बाग्लुङका वाडीपिडितको लागी सहकारीद्धारा साढे पाच लाख भन्दा वढी नगद सहयोग

बाग्लुङ, १९ असोज । बागलुङको एक सहकारीले जिल्लाका वाडीपिडितकोलागी साढे पाच लाख भन्दा वढी नगद सहयोग गरेको छ । बाग्लुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले सहकारीका संचालक, शेयर सदस्य र विभिन्न अभियानबाट संकलन गरिएको ५ लाख ६१ हजार नगद हस्तान्तरण गरेको हो ।

गत भाद्र १७ गते रातिको बाढीका कारण ढोरपाटन नगरपालिका ६, ८ र ९ मा ज्यान गुमाएका, वेपत्ता बनेका र घर बाढिले बगाएपछि समस्यामा परेका पीडित परिवारको दुखमा थोरै भए पनि राहत मिलोस भन्ने उद्देश्यले सहयोग गरेको सहकारीले जनाएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका २२ जना मृतकका परिवारलाई ६ हजारका दरले १ लाख ३२ हजार, पुर्ण रुपमा घर क्षती भएका ५५ जनालाई ५ हजारको दरले २ लाख ७५ हजार नगद सहयोग गरिको छ । त्यस्तै निसिखोला गाउँपालिकामा ५ मृतक परिवारलाई ६ हजारका दरले राहत रकम वितरण गरिएको हो ।

दुखको घडिमा प्राप्त सहयोग प्रशंसनीय छ । जैमुनि नगरपालिकाका ७, बडिगाड गाउपालिकाका २, ढोरपाटन र गल्कोट नगरपालिका, तमानखोला र काठेखोला गाउँपालिकाका एक÷एक घरपरिवारलाई ६ हजारका दरले नगद सहयोग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);