छोरीलाई जागिर खुवाउन यस्तो पनि… | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

छोरीलाई जागिर खुवाउन यस्तो पनि…

काठमाडौं । आफ्नी छोरीलाई जागिर खुवाउन परीक्षाको उत्तर पुस्तिका सच्याउने लोकसेवा आयोगका पूर्व अधिकृत मिम बहादुर शाही विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्धा दायर गरेको छ ।

नेपाल वायु सेवा निगमको सहायक चौथो तह ‘समावेशी तथा खुल्ला’ को परीक्षामा मिम बहादुरकी छोरी पनि सहभागी भएको बताइएको छ । छोरीको उत्तर पुस्तिका सच्याएर उत्तिर्ण गराउन खोजेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले अनुसन्धान गर्दा मिम बहादुरले परिक्षामा छोरीलाई पास गराउने उद्देश्यले उत्तर पुस्तिका सच्याएको पाएको हो । त्यसपछि अख्तियारले मिमबहादुर विरुद्ध मुद्धा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कसूर गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायढा प्रसाद रिसालद्धारा जारी विज्ञप्तीमा¬ उल्लेख छ । आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ को १ बमोजिम सजायको माग दाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);