दाङमा लेनदेन मुद्दामा फरार एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा लेनदेन मुद्दामा फरार एक महिला पक्राउ

दाङ । दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३१ बर्षीया धनमाया बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कात्तिक ६ गते २ बर्ष कैद सजाय तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेकी बुढालाई यही बैशाख ६ गते सोमबार दिउँसो साढे ४ बजेतिर घोराही १४ मिलनचोक स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

बुढालाई मंगलबार अदालतमा बुझाएको उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);