लेनदेन मुद्दामा फरार महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लेनदेन मुद्दामा फरार महिला पक्राउ

दाङ । दाङमा प्रहरीले लेनदेन मुद्दाका फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ गौरी शंकर बस्ने ३४ वर्षीया उषा केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

केसीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साउन ४ गते २ वर्षको कैद फैसला सुनाएको थियो । अदालतको फैसला पछि फरार रहेकी उनलाई लुकिछिपी बसेको अवस्थामा तुलसीपुर ६ बाट बिहीबार बिहान साढे ९ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

साथै, उनलाई बिहीबार नै अदालतमा बुझाइएको प्रहरीले जनाएको छ  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);