दाङमा लागू औषध मुद्दाका फरार एक अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दाङमा लागू औषध मुद्दाका फरार एक अभियुक्त पक्राउ

दाङ । दाङमा  प्रहरीले लागू औषध मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका  ८ दुधेना बस्ने ४२ वर्षीय छवि कुमार केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  ।

फरार रहेका केसीलाई शनिबार दिउँसो ४ बजे तिर तुलसीपुर ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।  

उनलाई सर्वोच्च अदालतले २०७४ मंसिर १९ गते लागू औषध मुद्दामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका केसीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);