लागूऔषध सहित एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लागूऔषध सहित एक युवक पक्राउ

दाङ । दाङमा प्रहरीले लागूऔषध ब्राउन सुगर सहति एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी ३२ वर्षीय विरबल गरङजा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागु औषध (ब्राउन सुगर) मुद्दाका फरार गरङजालाई खोजतलास गर्ने क्रममा भमकेबाट शुक्रबार ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

साथै उनले सलाइको बट्टा भित्र लुकाइ राखेको लागूऔषध ब्राउन सुगर १९ पुरिया (१ ग्राम ५०० मिलीग्राम) फेला परेको समेत उनले जानकारी दिए । उनलाई लागूऔषध कारोबार मुद्दा चलाइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);