तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग

दाङ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक सतिश गौचनले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छन् । उनले १० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले गौचनले हस्पिटललाई कन्सट्रेटर उपलब्ध गराएको हुन् । अक्सिजन कन्सट्रेरको पहल गौचनसंग तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए । उपमहानगरले वडा नं. ८ अश्वारामा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिनु दिएका छन् । युद्धमा कुनै नियम नहुने बताउँदै उनले कोरोना विरुद्धको महायुद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन सञ्चालनमा सफल प्राप्त गरेको बताए । ‘केही नगर्नु भन्दा धेरै गरेका छौँ । तर, गयौँ भनेर सन्तुष्टि रहने अवस्था छैन्,’ उनले भने,‘तर थाकेका छैनौँ, निरन्तर काममा छौं । ’

विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको समेत उनको भनाइ छ ।

यता तुलसीपुरमा गत बैशाख देखि हाल सम्म ३ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य २ हजार ५९२ जनाले कोरोना जितेका छन्, भने अहिले ४४९ जना सक्रिय संक्रमितहरु रहेको उपमहानगरले जनाएको छ । त्यस्तै ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);