तुलसीपुरमा कोरोना संक्रमितको उद्धारको लागि टोली परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तुलसीपुरमा कोरोना संक्रमितको उद्धारको लागि टोली परिचालन

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमितहरुलाई उद्धारको लागि ३ वटा टोली गठन गरेको छ ।

पछिल्लो समय उपमहानगरका कोरोना संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले कुनै पनि संक्रमितकालाई समस्या भएमा तत्काल उद्धारको लागि टोली गठन गरी परिचालन गरेको उमहानगरका मेयर घनश्याम पाण्डेले बताए ।

उनले भने,‘ एउटा अक्सिजन ब्यवस्थापन गर्ने टोली छ । अर्काे एम्बुलेन्सहरुको ब्यवस्थापन गर्ने टोली छ, भने अर्काे शव वहान र शवहरुको ब्यवस्थापन गर्ने टोली छ, उनीहरुले अहिले खटेर काम गरिरहेको छन् । ’ त्यस्तै एउटा स्वास्थ्यकर्मीहरुको आरआरटी टिम रहेको उनीहरु कोरोना जोखिममा रहेकालाई तत्काल उद्धार गर्ने गरेको समेत उनले बताए ।

उपमहानगरपालिकाले वडा नं. ८ मा ५० बेडको अक्सिजन सहितको आइसोलेशन संचालन गर्न लागेको छ । आफुहरुले निर्माण गरेको आइसोलेशनले मात्र नपुग्ने भएकाले कोरोना विशेष अस्पतालको स्तर उन्नती गर्ने समेत उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले नै अक्सिजन अभावको समयमा अक्सिजनको ब्यवस्थापन गरी आइसोलेशन संचालन गर्न लागेको पहिलो उपमहानगरपालिका भएको समेत उनले बताए । ‘ अहिले पनि धेरै ठाउँहरुमा अक्सिजन सिलिण्डरहरु खोजी रहेको पाइन्छ,’ उनले भने,‘ हामीले यति छिट्टै ब्यवस्थापन गरेर काम गर्न लागेका छौँ ।

योसंगै अब कोरोना विशेष अस्पतालमा आइसीयू र भेन्टिलेटर बेडहरु बढाउन तर्फ लागेका छौँ । आइसोलेशन निर्माणमा ढिलाइ उपमहानगरपालिका वा सरकारको ढिलाइले होइन् । बजारमा अक्सिजनको अभावले गर्दा हो । ’

त्यस्तै आइसोलेशन निर्माण कार्य जारी रहेको र बेड अभावका कारण होम आइसोलेशनमा बसेका कोरोना संक्रमितहरुरलाई सहजको लागि उपमहानगरपालिकाले उनीहरुको अवस्था अनुसार अक्सिजन सिलिण्डर घरमै पु¥याउँदै आएको छ ।

अहिले सम्म होम आइसोलेशनमा बसेका अक्सिजन अति आवश्यक परेका १८ ब्यक्तिहरुलाई अक्सिजन सिलिण्डरको ब्यवस्था गरिदिएको उपमहानगरका अक्सिजन ब्यवस्थापक संयोजक टोप बहादुर डाँगीले बताए ।

आइसोलेशन निर्माण कार्य जारी रहेको र कोरोना विशेष अस्पतालमा बेडको अभावका कारण होम आइसोलेशनमा रहेकासंक्रमितहरुलाई त्यो पनि अति आवश्यक पर्नेलाई मात्र दिएको उनले बताए ।

‘उपमहानगरमा १३ किलोका ४० वटा अक्सिजन सिलिण्डर आएको थियो,’ उनले भने,‘ हाल सम्म अक्सिजन अति आवश्यक पर्ने उपमहानगरका विभिन्न वडाका करिब १८ जना जतिलाई दिएको छ । अहिले पनि धेरै ठाउँबाट हामीलाई अक्सिजन चाहियो भनेर फोन आइरहेको छ । तर, हामीसंग आएको अक्सिजन बेलझुण्डी अस्पतालमा अभाव भएपछि उता पठाएका छौँ । ’

उपमहानगरपालिकामा हाल सम्म कोरोना संक्रमणबाट ३९ जनाको ज्यान गएको छ, भने अहिले एक हजार भन्दा बढि सक्रिय संक्रमितहरु रहेका उपमहानगरको जनस्वास्थ्य प्रर्वद्धन शाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);