तुलसीपुर मेट्रो हस्पिटललाई करिब ४६ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तुलसीपुर मेट्रो हस्पिटललाई करिब ४६ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो हस्पिटलहरूलाई चु जी फाउण्डेसन ताइवानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेसनले ४६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको उपमहानगरका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

अस्पताललाई एक्सरे, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधि मुकुन्द विष्टले मेयर पाण्डेलाई हस्तान्तरण गरेका हुन् । ठूलो मात्रामा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामग्री पाएपछि मेयर पाण्डेले कोरोना महामारीसँग लड्नको लागि धेरै सहज हुने बताए । उनले निरन्तरको छलफल र प्रयासपछि मात्रै सहयोगी दाताले यति ठूलो रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए ।

तुलसीपुर ८ अश्वारामा रहेको भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले सञ्चालन गर्दै आएको छ । अक्सिजन सहित ५० बेडको अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिदै आएको छ ।

७ सय ५३ स्थानीय तह मध्य आफ्नै लगानीमा हस्पिटल सञ्चालन गर्ने तुलसीपुर उपमहानगरपालिका पहिलो पालिका हो । २ सय बढीले उपचार सेवा लिएको हस्पिटलमा अहिले १३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);