अघोषित लोडसेडिङ्ग विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अघोषित लोडसेडिङ्ग विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी

बारा । बाराको निजगढ नगर उद्योग वाणिज्य संघले नगरपालिका क्षेत्रमा केही दिन यता अघोषित रुपमा गरिएको लोडसेडिङ्गको अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले निजगढमा केही दिन यता हुँदै आएको अघोषित लोडसेडिङ्ग विरुद्ध विद्युत प्राधिकरण उपवितरण केन्द्र निजगढमा ज्ञापन पत्र बुझाउँदै लोडसेडिङ्गको अन्त्य नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष नेपालको नेतृत्वमा गएको संघको टोलीले उपवितरण केन्द्रका प्रमुख पुष्पेश्वर साहलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष नेपाल, ज्ञानेन्द्र चौलागाईं, दिपेन्द्र श्रेष्ठ, प्रभात सिग्देल सहितको टोली कार्यालयमा पुगेको थियो ।

संघका अध्यक्ष नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा केही दिन यता बढ्दै गएको अघोषित लोडसेडिङ्ग प्रति ध्यानाकर्षण भएको र यसबाट निजगढ क्षेत्रका व्यापारी, व्यवसायी र सर्वसाधारण समेत अति प्रभावित बनेको बताइएको छ ।

त्यसैगरी संघले जथाभाबी बिजुली काटिँदा विद्यार्थी, बिरामी र किसान समेत मर्कामा परेको र यसको कारण पत्ता लगाएर न्युनीकरणको लागि तत्काल पहल गर्नु पर्ने अन्यथा अघोषित लोडसेसडिङ्ग अन्त्यको लागि प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रिन संघ बाध्य हुने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);