गौरीगञ्ज गाउँपालिका कार्यालयमा शिक्षक र विद्यालय कर्मचारीको धर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गौरीगञ्ज गाउँपालिका कार्यालयमा शिक्षक र विद्यालय कर्मचारीको धर्ना

झापा । बाल विकास शिक्षक तथा कर्मचारीहरूले गौरीगञ्ज गाउँपालिकाको मूलगेटम धर्ना दिएका बसेका छन् । गौरीगञ्ज गाउँपालिकाले सरकारले घोषणा गरे अनुसारको तलब भत्ता उपलब्ध गराउन सम्बोधन नगरेको भन्दै बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु धर्नामा बसेका हुन् ।

उनीहरु गाउँपालिकाको मुल गेटमै बिहान १० बजेदेखि नै धर्नामा बसेका हुन् । उनीहरुले आफ्ना माग पुरा गर्नुपर्ने भन्दै सोही स्थानमा कोण सभा समेत गरेका छन् । सो क्रममा मन्तव्य राख्ने सबैजनाले संघीय सरकाले घोषणा गरेअनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएका छन् ।

उनीहरूको धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले पनि साथ दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

गाउँपालिकाले नवौ गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गरोस् भनी उनीहरुले असार १० गते गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत संघले ८ हजार र स्थानीय सरकारले ७ हजार रुपैयाँ र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानीय सरकारले बजेट विनियोजन गर्न माग गरेका हुन् ।

आन्दोलित शिक्षक तथा कर्मचारीहरुले माग सम्बोधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);