निषेधाज्ञामा चोरी भएका ३३ मोटरसाइकल सवारी धनीलाई जिम्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निषेधाज्ञामा चोरी भएका ३३ मोटरसाइकल सवारी धनीलाई जिम्मा

काठमाडौं । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एव नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापूर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी नियन्त्रणलाई निरन्तरता दिंदै यस अबधीमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाईकल आज एक कार्यक्रमका बीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले विशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागी विभिन्न प्रहरी वृतहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);