चोरी मोटरसाईकल धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १२ पुष । प्रहरीले ३० वटा चोरी मोटरसाईकल बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको बग्गी खानामा जम्मा गरेको ३० वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । चोरी भएका ३० वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । पीडितले दिएको उजुरीको आधार धनी पत्ता लगाइएको मोटरसाईकल हस्तान्तरण गरिएको हो । बग्गीखानामा अझै २७ वटा चोरी मोटरसाईकल रहेको र उनीहरुको पनि धनी पत्ता लगाउन अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाले काठमाडौं उपत्यका भित्रबाटै धेरैजसो मोटरसाइकल चोरी भएको पनि स्पष्ट पारेको छ । चोर्री मोटरसाईकल बेच्न खोज्ने क्रममा ग्यारेजमा पु¥याएपछि नियन्त्रणमा लिन सफल भएको पनि डिएसपी मरासिनीले जानकारी दिनु भयो । केही मोटरसाईकल बेवारिसे अवस्थामा छाडिएको भेटिएको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले धनी नखुलेका चोरीका मोटरसाईकल भने आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);