ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले  उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए । ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छ र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेका छौं,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने । भट्टले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजग हुनुपर्ने बताए । सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उनले अनुरोध गरेका थिए । मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरिएको उनले जनाए ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);