चोरी भएका २४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चोरी भएका २४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाईकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् ।

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन न.पा., पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वटर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाईकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाईकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाईकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

एसएसपी भट्टराईले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);