चोरको आँखामा एनएस पल्सर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चोरको आँखामा एनएस पल्सर

काठमाडौं । पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् ।

विशेष गरि चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ ।

युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको ट्राफिक प्रहरी महाशाखाको बुझाई रहेको छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई बेचबिखन गर्ने र कतिपय अवस्थामा वास्तविक नम्बर नै प्रयोग गरेको अबस्थामा समेत फेला परेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

यसरी हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाईकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको समेत उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

मोटरसाईकल चोरी नियन्त्रण अभिलेख

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);