चोरी भएको मोटरसाईकल सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

चोरी भएको मोटरसाईकल सहित २ जना पक्राउ

pakrau


झापा, १६ पुष। झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् । गत मंगलवार राती साँढे १२ बजे झापाकै दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाईकल फेला पारेसंगै चोरीमा संलग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका–२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);