मोटरसाइकल चोरी गर्दै आएका ७ अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मोटरसाइकल चोरी गर्दै आएका ७ अभियुक्त पक्राउ

bike-thief

झापा, २० असार । प्रहरीले पूर्वमा संगठित भएर मोटरसाइकल चोरी गर्दै आएका ७ अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न सात अभियुक्त सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा गौरादह–२ का एलक्स भनिने विजय चौधरी, बाह्रदशी–६ का नगेन्द्र चौधरी, गौरादह–८ का रोविन राजवंशी, बाह्रदशी–७ का विनोद मुर्मु, कमल गाउँपालिका–१ का विष्णु चौधरी, शिवसताक्षी–१ का प्रेमबहादुर रिमाल, शिवसताक्षी–५ का रमेशकुमार ताजपुरिया रहेका छन् ।

उनीहरुको साथबाट १९वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय झापामा मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालयले विशेष अप्रेशन चलाएको थियो ।अप्रेशनका क्रममा झापाका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न अभियुक्त र लुकाईछिपाई राखेको अवस्थामा मोटरसाइकल बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);