झापामा छुट्टाछुट्टै घटनाका ४ जना अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापामा छुट्टाछुट्टै घटनाका ४ जना अभियुक्त पक्राउ

झापा,  ८ माघ । झापामा छुट्टाछुट्टै घटनाका ४ जना आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  इलाका प्रहरी कार्यालय बिर्तामोडले श्रीमतीको हत्या गर्नेदेखि छोरालाई घरेलु हतियार प्रहार गर्ने र मोटरसाइकल चोरीमा सम्लग्न व्यक्तिलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

जस अनुसार २०७० साल असोज ६ गते आफ्नै श्रीमतीलाई खोलामा धकेलेर फरार रहेका राजगढका २९ वर्षीय कमलसिंह राजवंशी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार राजवंशीले २५ वर्षकी श्रीमती गंगा राजवंशीलाई स्थानीय सार्की खोलामा धकेलेको प्रहरीमा जाहेरी परेको थियो।

हाल अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

त्यसै गरी माघ ६ गते श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गहतेले १८ वर्षकी श्रीमती योनिताहाङ लिम्बूलाई घाँटीमा घरेलु हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

१५ दिन अघि मात्र उनकी श्रीमतीको ५ महिनाको गर्भ खेर गएको प्रहरीले जनाएको छ । घरायसी विवादमा झट्केलो छोरालाई घरेलु हतियार प्रहार गरी घाइते बनाउने बाबु पनि पक्राउ परेका छन् ।

कन्काई–३ का १६ वर्षीय छोरा देवकमार ऋषिदेवलाई ४० वर्षीय बाबु राजकुमार ऋषिदेबले हतियार प्रहार गरेका थिए । गर्धनमा हतियार प्रहार हुँदा गम्भीर घाइते देवकुमारको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाबु राजकुमारले देवकुमारलाई हतियार प्रहार गरेका थिए ।

केही समयअघि भारतबाट चोरी गरेर नेपाल भित्राएका मोटरसाइकल नियन्त्रणमा लिएको बिर्तामोड प्रहरीले नेपालबाटै हराएका मोटरसाइकलसहित त्यसमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरेको छ । बिर्तामोडस्थित बिर्ताबजारबाट हराएका दुईवटा मोटरसाइकलसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–७ का २५ वर्षीय विशाल राजवंशी छन् । उनले लक्ष्मीनारायण घिमिरे र मनोजराज भट्टराईको मोटरसाइकल चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका राजवंशीलाई चोरीसम्बन्धी अनुसन्धानमा म्याद थप गरिएको डिएसपी कोइरालाले बताए । मोटरसाइकल चोरीमा संलग्न अन्यको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);