पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

death mahila

झापा। प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको छ । रघुनाथले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply