पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या

hatya


पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् । ९ पुस दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

जीवनकुमारीकाे टाउकोमा लोहोरोले लागेकाे थियाे । उनकाे झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हाे । 

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएकाे छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);