बसुलो प्रहार गरेर श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बसुलो प्रहार गरेर श्रीमतीको हत्या

death mahila

सल्यान । बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका-५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आराेपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);