खुकुरीले घाँटी रेटेर बुबाको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खुकुरीले घाँटी रेटेर बुबाको हत्या

दाङ, ८ माघ । दाङका तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेका छन् । घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबु, बाबुराम चौधरीको खुकुरीले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

बाबुको हत्या गर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–८ का तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बाबुराम चौधरीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा बाबुको शवलाई झुण्डाएका थिए । आत्महत्या गरेको जस्तो देखाउन चौधरीले झुण्डाएको प्रहरीले अनुमान गरेको छ । घटनाकोबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);