कोकाकोलाले प्रयोग गरिसकेको बोतल पुन प्रयोगमा ल्याउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोकाकोलाले प्रयोग गरिसकेको बोतल पुन प्रयोगमा ल्याउने

कोकाकोलाले प्रयोग गरिसकेको बोतल एवम् क्यान सन् २०३० सम्ममा आफुले बिक्री गर्ने सबै कम्पनीहरुमा पुन प्रयोगमा ल्याउने भएको छ ।

cocacola

काठमाडौं, ८ माघ । कोकाकोलाले प्रयोग गरिसकेको बोतल एवम् क्यान सन् २०३० सम्ममा आफुले बिक्री गर्ने सबै कम्पनीहरुमा पुन प्रयोगमा ल्याउने भएको छ ।

उक्त विषयलाई धेरै ठुलो विश्वव्यापी उद्देश्य भन्दै कोकाकोलाले आफ्नो जिम्मेवारी वातवरणीय समस्या सुल्झाउनुमा रहेको पनि बताएको छ । कम्पनीले ५०० वटा ब्राण्डका पेय पदार्थ, जुस, र पानी बिक्री गर्ने गर्दछ । अब कम्पनीले सबै प्याकेजिङ विश्वव्यापी रुपमा पुन प्रयोग योग्य बनाउने पनि जनाएको छ । ग्रीनपिसले भनी कोकाकोलाले पुन प्रयोजनमा भन्दा पनि आफ्नो उत्पादन घटाउन पर्ने बताएको छ ।

कोकाकोला कम्पनीले बाटो, समुन्द्र एवम् महासागर फोहर हुनुमा खाद्य एवम् पेय कम्पनीहरु जिम्मेवार रहेको बताउदै वर्ड विथआउट वेस्ट अभियानसमेत सुरु गरेको छ । संसारमा प्याकेजिङको समस्या रहेको र त्यसको निवारण गर्नु आफ्नो कर्तव्य रहेको कोकाकोला कम्पनीका प्रमुख जेम्स क्विन्सीले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);