जर्मन फुटबल महासंघ र एडिडासबीच ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने समझदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जर्मन फुटबल महासंघ र एडिडासबीच ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने समझदार

काठमाडौं,२० जर्मन फुटबल महासंघ र खेल सामग्रि उत्पादक एडिडासले ४ र ४४ नम्बरको जर्सी बिक्री नगर्ने समझदारी गरेका छन् ।

४ र ४४ नम्बर नाजी पार्टीको कुख्यात एसएस अर्धसैनिकको लोगोसँग मिल्दोजुल्दो भएको निष्कर्ष निकाल्दै जर्मन फुटबल महासंघ र एडिडासले भन्दै जर्सी बिक्री रोकेका हुन् ।

जर्मनीले जुन–जुलाईमा युरोपियन च्याम्पियनसिप आयोजना अघि सार्वजनिक गरेको नयाँ जर्सीमा लेखिएको ४ र ४४ नम्बरको आलोचना भएपछि एडिडासले सबै जर्सी फिर्ता लिने निर्णय गरिसकेको छ ।

त्यसपछि महासंघले आफ्नो अनलाइन सपबाट ४ र ४४ नम्बरको जर्सी बिक्री रोकेको छ । आफ्नो साझेदार ११ टिमस्पोर्ट्सँग मिलेर नम्बर ४ को लागि वैकल्पिक डिजाइन खोजिरहेको महासंघले बताएको छ ।

४ र ४४ नम्बर नाजी पार्टीको शुट्जस्टाफेल समूहले प्रयोग गरेको स्टाइलाइज्ड एसएससँग मिल्दोजुल्दो रहेको भन्दै आलोचना भइरहेको छ । एसएसले दोस्रो विश्वयुद्धका बेला नागरिकहरूको सामूहिक हत्या गरेको बताइन्छ ।

एसएस प्रतीक अहिले पनि जर्मनीमा प्रतिबन्धित छ ।

एडिडासका प्रवक्ता ओलिभर ब्रुगेनले जर्सीमा नाम र नम्बरहरूको डिजाइनको लागि महासंघ र उसको साझेदार ११ टिमस्पोर्ट् जिम्मेवार रहेको बताएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);