विश्वकपले नेपाली समर्थकको ध्यान ताने पनि जर्सीको खपतमा भने कमी (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकपले नेपाली समर्थकको ध्यान ताने पनि जर्सीको खपतमा भने कमी (भिडियोरिपोर्ट)

विद्या तामाङ, माउटेण्न टिभी एचडी

काठमाडौं, २६ मंसिर । ठण्डी बढ्दो छ । तर, विश्वकप फुटबलको रापले फुटबलप्रेमीहरुलाई तताइरहेको छ । दर्शकहरु आफ्नो मनपरेको टिमको जर्सीमा पनि देखिएका छन् । तर, विगतका विश्वकपको तुलनामा यस पटक नेपाली फुटबलप्रेमीले जर्सी लगाएर सर्मथन गरेको कमै मात्रामा देखिएको छ ।

यसपटकको विश्वकप चीसो मौसममा चलिरहेको छ । आयोजक कतार चर्को गर्मी हुने राष्ट्र भएकाले नियमित भन्दा ६ महिना पछि विश्वकप धकेलियो । यसको असर फुटबल बजारमा समेत देखिएको छ । विश्वकप चलिरहँदा नेपालमा ठण्डी बढ्दो छ । यसले फुटबलको जर्सीको व्यापारमा असर पारेको छ । जाडो बढेकाले फुटबल फ्यानहरु आफूले समर्थन गर्ने टोलीको जर्सी कमैमात्र लगाएको देखिएका छन् । विगतमा फुटबल चलिरहँदा बालबालिका देखि पाकासम्म विश्वकपमा सहभागी देशहरुको जर्सीमा देखिन्थे । नेपालमा विशेषगरी अर्जेन्टिना, ब्राजिल, जर्मनी, पोर्चुगल, जापान जस्ता देशहरुको जर्सीको अत्याधिक खपत हुन्थ्यो । जाडो मौसम सुरु भएसँगै जर्सीको व्यापारमा कमी आएको व्यवसायीहरु बताउँछन् । यसपटक विश्वकप सुरु भएकै दिन नेपालमा चुनाव भयो । चुनावी माहोलले पनि व्यापारमा असर परेको उनीहरुको भनाई छ ।

सन् २०१८ को तुलनामा यो पटक जर्सीको व्यापार ४० प्रतिशतले कम भएको व्यवसायीहरु गुनासो गर्छन् । विगतमा ३० देखि ३२ पिस सम्म जर्सी बिक्री हुने गरेकोमा यसपटक दैनिक ४(५ वटा विक्री गर्न गाह्रो भएको व्यवसायीहरुको भनाइ छ ।

बढ्दो चिसोका कारण विगतका जस्तो जर्सी लगाएर विश्वकपको मज्जा लिन नपाएको फुटबलप्रेमीहरु बताउँछन् ।

विश्वकपमा जर्सीको व्यापारलाई मौसमले पनि साथ दिएन । विगतमा राम्रो कमाई हुने र व्यवसायीले मनग्गे आम्दानी गर्ने जर्सीको व्यापार यसपटक लगभग भएन नै । जर्सी बेचेर कमाउने भन्दा फुटबल हेरेर रमाउने बाहेक जर्सीका व्यवसायीसँग विकल्प नै रहेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);