विश्वकप नजिकिएसँगै विभिन्न देशका जर्सीको विक्रि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

विश्वकप नजिकिएसँगै विभिन्न देशका जर्सीको विक्रि बढ्दै

किसन भण्डारी
काठमाडौं, १६ जेठ । अहिले विश्वभर विश्वकप फुटबलको चर्चा छ । रुसले विश्वकप आयोजनाको तयारी अन्तिम चरणमा पु-याएका बेला समर्थकहरुले पनि आ–आफ्नै तरीकाले तयारी गरीरहेका छन् । नेपालमा पनि विश्वकपको माहोल सुरु भएको छ ।

रुसी विश्वकप सुरु हुन लगभग डेढ हप्ता बाँकी छ । विगतमा झैँ यस वर्ष पनि जर्मनी, फ्रान्स, ब्राजिल, अर्जेन्टिना, स्पेनजस्ता साविक विजेता देशहरुले आफूलाई उपाधी दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।

यस पटक इजिप्टको समर्थकहरु पनि बढेका छन् । विश्वकप नजिकिएसँगै बजारमा विभिन्न देशका जर्सीको विक्रि बढेको छ । नेपाली बजारमा भने भन्सार समस्याका कारण जर्सी भित्रन केही ढिलाइ भएको व्यवसायीहरुको भनाइ छ । समर्थकहरुले आ–आफ्नो मनपर्ने देशका जर्सी किन्न थालेको छन् ।

यसपाली पनि साविक बिजेता जर्मनीको जर्सीका माग अरु देशको तुलनामा बढि रहेको व्यवसायीहरुको भनाइ छ । महिला फुटबलप्रेमी प्राय ब्राजिलका जर्सी खोज्ने र अझ बढि १० नम्बर जर्सी खोज्ने व्यवसायीहरु बताउँछन् । यसपाली इजिप्टको जर्सी खोज्नेको संख्या पनि बढेको छ ।

विश्वकप ४ वर्षमा एक पटक आयोजना हुने गर्दछ । यो प्रतियोगिता फुटबल खेलाडी एवम् फुटबल समर्थकहरुका लागि महान् चाडजस्तै बनेको छ । यसैले पनि हरेक देशका खेलाडी तथा खेलप्रेमी विश्वकपको खेल हेर्न आतुर छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);