आईपीएलमा ५ पटकको विजेता मुम्बइ इन्डीयन्स लगातार तेस्रो खेल पनि पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

आईपीएलमा ५ पटकको विजेता मुम्बइ इन्डीयन्स लगातार तेस्रो खेल पनि पराजित

काठमाडौं,२० चैत्र । इन्डियन प्रिमियर लिग आईपीएलमा ५ पटकको विजेता मुम्बइ इन्डीयन्स यो सिजनको सुरुवाती ३ खेलमा लगातार पराजित भएको छ । राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएसँगै मुम्बइ यो सिजनमा लगातार ३ हार बेहोर्ने एकमात्र टोली भएको छ ।

राजस्थानविरुद्ध पहिले व्याटिङ गरेको मुम्बइले ट्रेन्ड बोल्ट र युजवेन्द्र चहालले शानदार बलिङ गरेसँगै २० ओभरमा ९ विकेट गुमाएर १२५ रनमात्रै बनायो । वानखडे स्टेडियममा राजस्थानका बोल्टले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविस ३ जनालाई शुन्यमा आउट गरेपछि मुम्बइको पालो लडखडाएको हो । यस्तै, युजवेन्द्र चहलले पनि ३ विकेट लिए ।

नान्द्रे बर्गरले २ र आवेश खानले १ विकेट लिए मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले ३४, तिलक बर्माले ३२, टिम डेविडले १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे । जवाफमा राजस्थानले १५ दशमलव ३ ओभरमै ४ विकेट गुमाएर १२६ रनको लक्ष्य पुरा गरेको हो ।

राजस्थानका रियान परागले अविजित ५४ रन बनाए । मुम्बइका आकाश मधवालले ३ विकेट लिए । राजस्थान लगातार ३ जितसँगै ६ अंकबाट शिर्ष स्थानमा रहेको छ । कोलकताले २ तथा चेन्नाइ र गुजरातले ३ खेलमा समान ४ अंक बटुलेका छन् । मुम्बइ बाहेक अरु सबै टोलीले कम्तिमा एक जित दर्ता गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);